ठूला अर्थतन्त्र भएका एसियाली देशहरू घट्दो जनसङ्ख्याका कारण चिन्तामा

 जेठ ३, २०८० बुधबार १७:३९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

एसियाका ठूला अर्थतन्त्र भएका देशहरू घट्दो जनसङ्ख्याका कारण समस्यामा पर्न थालेका छन् । बढ्दो अर्थतन्त्र र घट्दो जनसङ्ख्याका कारण ठूला अर्थतन्त्र भएका एसियाली देशहरूमा असन्तुलन देखिन थालेको बीबीसीले एक रिपोर्टमा उल्लेख गरेको छ ।

जन्मदर बढाउन ठूला अर्थतन्त्र भएका देशका सरकारहरूले अर्बाैँ डलर खर्च गरिरहेका भए पनि जन्मदर बढाउने अभियानमा अपेक्षित नतिजा आउन सकेको छैन । दक्षिण कोरियाले धेरै सन्तान जन्माउन प्रोत्साहन गर्ने कार्यक्रमका लागि गएकाे १६ वर्षमा दुई सय बिलियन अमेरिकी डलर खर्च गरिसकेको विवरण सार्वजनिक गरेको छ । जापानले कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतभन्दा धेरै बजेट सन्तान जन्माउन प्रोत्साहन गर्ने कार्यक्रमका लागि छुट्याउन थालेको छ ।

यस्तै जापानको सरकारले सन् १९९० देखि धेरै सन्तान जन्माउन प्रोत्साहन गर्ने उद्देश्यले ठूलो धनराशि खर्च गरिरहेको छ । दक्षिण कोरियाले सन् २००० देखि जन्मदर बढाउन विभिन्न प्राेत्साहनका कार्यक्रम गरिरहेको छ । त्यसअघि सिङ्गापुरले सन् १९८७ मै जन्मदर बढाउने कार्यक्रम अगाडि सारेका थियो । चीनले पनि एक सन्तान नीति खारेज गरेर सन्तान जन्माउने कुरालाई प्रोत्साहन गरिरहेको छ । चीनमा अघिल्लो वर्ष गएकाे ६० वर्षपछि जन्मदर घटेको थियो । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएका भारत र चीन एसियामै भए पनि पछिल्लो समय एसियालीहरू बच्चा जन्माउने विषयमा उदासीन बन्दै गएका बीबीसीले जनाएको छ ।

अर्थतन्त्र उकालो लागिरहेकै बेला ढल्कँदो उमेरका नागरिकको सङ्ख्या बढ्ने र युवाको सङ्ख्या घट्नुले निकट भविष्यमै समस्या आउन सक्ने वर्ल्ड इकोनोमिक्स फोरमले सार्वजनिक गरेको दि ग्लोबल जेन्डर ग्याप प्रतिवेदनले पनि देखाएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया