मुसा निकालेपछि बुद्धको जहाज काठमाण्डौ ल्याइयो, ब्यागेज राम्ररी बन्द गर्न आग्रह

 जेठ ७, २०८० आइतबार १४:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाण्डौ ल्याएको छ ।

हिजो शनिवार जनकपुरमा रोकिएको जहाजको ट्र्यापमा आज आइतवार बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ । मुसा निकालेपछि जहाजलाई सम्पूर्ण जाँच गरी दुई/तीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको कम्पनीले जनाएको छ । आज दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टाेलीले जहाजलाई काठमाण्डाै ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।

बुद्ध एअरलाइन्सले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी बन्द गर्न पनि आग्रह गरेको छ । हिजो काठमाण्डौ उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि त्यो जहाजलाई जनकपुरमै ग्राउन्डेड गरेर अर्को जहाजले यात्रु काठमाण्डौ ल्याएको थियो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया