पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गयाे

 जेठ ९, २०८० मंगलबार ८:२३:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

क‍ास्की - पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन्। 

गएराति ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा काठमाण्डौ कपनका १८ वर्षीय सफल खतिवडाको ज्यान गएकाे हाे । उनकाे उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुका १७ वर्षीय सङ्गम बानियाँ घाइते भएका छन् । उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया