पाकिस्तान १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा
असोज ६, २०८० शनिबार
काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी चलाउन निर्देशन दिएको छ ।
महानगरले आज सार्वजनिक सूचना निकालेर आउँदो असार १ गतेदेखि नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न भनेको हो ।
महानगर क्षेत्रबाट काठमाण्डौ उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक गाडी नयाँ बसपार्कबाट मात्र छुट्ने गरी यसअघि भएको सहमतिको पालना गर्न महानगरपालिकाले जोड दिएको छ।
यस्तै, अनधिकृत ठाउँमा पार्किङ गर्ने, टिकट बुकिङका लागि काउन्टर राख्ने, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने काम नरोकिएको भन्दै महानगरले यस अघिको सहमति पालना गर्न पनि भनेको छ । त्यसैगरी, महानगरले धुलीखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका गाडीलाई कलङ्कीदेखि जडीबुटीसम्म रोक्न निषेध गरेको छ ।
सहमति र सार्वजनिक सूचनाको बेवास्ता गरे आउँदो असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी कानुनी कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।
कुमार मोहरा
June 4, 2023, 8:40 p.m.यो निर्णयले सबै यात्री ठगीं हुन बाट बच्ने छ, सड़कजाम मुक्त हुने , फोहोर मैला कम हुने व्यापारी बाट ठगीं नहूने धेरै फाईदा छ जस्तों लग्यो। पकेट एरियामा भए दलाल बाट नि बच्ने देखी जन धनको नि सुरक़क्ष हुने लाग्यो, थोरै समय कठिन भएको महसूस हुनसक्छ तर भविष्यमा धेरै राम्रो होला भन्ने लाग्यो
Aditya Ghimire
June 4, 2023, 6:25 p.m.राम्रो काम सुरुवात बलेन जि बधाइ छ
Khem Raj Acharya
June 2, 2023, 9:02 a.m.राम्रो कार्य तर अलि ब्यबहारिक भयनकि। पुर्बी नेपाल बाट बि पि राज मार्ग हुँदै जडिबुटी ओर्लनु पर्ने मान्छे नयाँ बस पार्क जादा वा थानकोट हुँदै आयको मान्छे किर्तिपुर तिर जानू पर्ने बसपार्क पुग्दा त समय तथा पैसा दुबै को हानी होला कि? टिकट काउन्टर र मुख्य बस पार्क नयाँ बसपार्क राखे पनि गाडी हरुले नकुरी सवारी चढाउने तथा वराल्ने चाहिँ अलि खुला ठाउँ भयका नजिक का पाएक पर्ने स्थान हरु मा पनि राख्दा राम्रो होला कि। जस्तै कलन्की बाफल/ खसिबजार, कोटेश्वर पारी / जडिबुटी खुला स्थान..... आदि ।