'ए' डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज, थ्री स्टारलाई रेलिगेशनको डर

 जेठ २३, २०८० मंगलबार १७:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो । बराबरीसँगै चर्च ब्वाइजको २५ खेलमा ४५ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ३९ अङ्क छ  । एक खेल कम खेलेको मच्छिन्द्रले अब दुई वटै खेल जिते पनि ४५ अङ्क नै हुनेछ तर गोल अन्तरका आधारमा चर्च ब्वाइज नै अगाडि हुनेछ । आज चर्च ब्वाइज च्याम्पियन बन्दा थ्री स्टारलाई भने रेलिगेशनको डर कायमै छ ।

थ्री स्टार २९ अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ । अब रेलिगेशनबाट बच्न थ्री स्टारले आफ्नो अन्तिम खेल जितेर मात्र पुग्ने छैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया