सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – अनलाइन जुवा अर्थात् 'बेटिङ' प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् ।
हास्य कलाकार 'राजु मास्टर' भनेर चिनिने राजु पौडेल र 'बल्छी धुर्वे' भनेर चिनिने मरिचमान श्रेष्ठ, 'भटभटे' भनेर चिनिने बेगम नेपाली, 'म्याकुरी' भनेर चिनिने पवन खतिवडासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले सट्टेबाजी गरेर र कुनै पनि खेलको जित/हारको बारेमा पैसा लेनदेन गरी बाजी खेलाएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रहरीको विशेष टोलीले हिजो बुधवार बेलुका उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ पर्नेमा कलाकार, युट्युबर, टिकटक प्रयोगकर्तालगायत रहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्ररूपमा हुन थालेपछि प्रहरीले 'अपरेशन' थालेको हो ।
यसअघि हिजै दिउँसो प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना एजेन्टहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँको कारोबार गरेको खुलेको थियो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shivaraj Pokharel
June 15, 2023, 9:16 p.m.यस्ता अपराधिहरुलाई पक्रिनै पर्छ यीनिहरु फटाहा हुन्