गण्डकी सरकारले ल्यायाे ३३ अर्ब ४२ करोड रुपैयाँकाे बजेट (पूर्ण पाठ)

 असार १, २०८० शुक्रबार १७:३९:१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब रुपैयाँभन्दा धेरैकाे बजेट ल्याएकाे छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभयाे ।

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६० दशमलव ४ प्रतिशत) विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१ दशमलव ५ प्रतिशत) छुट्याइएको छ । 

बजेटले कृषि, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधालाई पहिलो प्राथमिकतामा राखेको छ । डायलासिसको प्रतिक्षामा रहेकाको सङ्ख्या शून्यमा पुर्‍याउने उद्देश्य प्रदेश सरकारले लिएका छ । सरकारले क्यान्सर पीडितलाई एक लाख रुपैयाँसम्म सहायता दिने घोषणा गरेको छ । आउँदाे आर्थिक वर्षभित्र प्रदेशलाई ‘उज्यालो गण्डकी’ घोषणा गर्ने सरकारको लक्ष्य छ । 

सरकारले भौतिक पूर्वाधार शीर्षकमा ११ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदाे वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तव्यमा उल्लेख छ । पुँजीगत शीर्षकमा विनियोजन भएको २० अर्ब १९ करोड रुपैयाँ बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ ।

प्रदेशको आम्दानीमा सङ्घ सरकारबाट ससर्ततर्फ चार अर्ब ९४ करोड १५ लाख, समानीकरणतर्फ सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट नाै अर्ब पाँच करोड ३२ लाख, समपूरकतर्फ ८४ करोड र विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । बजेटमा आन्तरिक राजस्व पाँच अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया