सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा आज गोलभेँडाको कारोबार सामान्य रुपमा भइरहेको छ । आज कालीमाटीबाट पोखरा, नारायणगढलगायत सहरमा पनि गोलभेँडा पठाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
हिजो मूल्य नपाएको भन्दै किसानसहित व्यापारीले गोलभेँडा फालेर विरोध गरेका थिए । आज भने बिहानैदेखि सामान्य रुपले गोलभेँडाको कारोबार भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा आज हिजो भन्दा गोलभेँडा कम भित्रिएको छ ।
हिजो ९५ टन गोलभेँडा भित्रिएकोमा आज ८६ टन मात्रै भित्रिएको छ । भाउ भने हिजो र आज एउटै छ । हिजो पनि नेपाली टनेलको सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य थियो भने आज पनि मूल्य उही छ । सलादमा प्रयोग हुने ठूलो गोलभेँडा भने किलोको ३० देखि ४० रुपैयाँ थोक मूल्य छ ।
गोलभेँडाको माग र आपूर्तिको सन्तुलन नमिल्दा सस्तो भएको कालीमाटीका थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो । उत्पादन धेरै हुँदा अहिले मागभन्दा पनि आपूर्ति धेरै भएको छ । जसले गर्दा भाउ सस्तो भएको छ ।
बजार भारतीय गोलभेँडाले ओगटेको आरोप लागिरहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने यसको खण्डन गरेको छ । बजारमा अहिले तरकारी र अचारमा प्रयोग हुने भारतीय गोलभेँडा नआएको समितिका सूचना अधिकारी विनय श्रेष्ठको दाबी छ ।
सलादमा प्रयोग हुने ठूलो गोलभेँडा मात्रै भारतबाट आइरहेको उहाँको भनाइ छ । कालीमाटी बजारमा काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवनलगायत जिल्लाबाट गोलभेँडा भित्रिएको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।