पोखरा महानगरपालिकामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

 असार ४, २०८० सोमबार ९:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। 

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । 

पोखरा महानगरका मेय धनराज आचार्यले महानगर भित्रका हललाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गर्नु भएको हो । यसअघि काठमाण्डौ महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो। 

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो । आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय सिनेमा प्रदर्शनमा रोक लगाउने महानगरपालिकाले जनाएको छ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया