कोशी र गण्डकीका पहाडी क्षेत्रमा ठूलो तथा पश्चिम तराईमा हल्का वर्षाको सम्भावना

 असार ५, २०८० मंगलबार ७:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज (मङ्गलवार) पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

लगातारको वर्षाका कारण पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरो आएको छ । जनधनको क्षति भएको छ । यी जिल्लाका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

यस्तै आज पश्चिम तराईका जिल्लामा पनि हल्का पानि पर्ने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा मनसुनको असर परेको छैन । तर अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले पश्चिमी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । पश्चिमी क्षेत्रमा मनसुन पुग्न अझै केही दिन लाग्ने उहाँको भनाइ छ । मध्य र पूर्वी क्षेत्रमा भने मनसुनको प्रभाव छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया