सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - जिल्ला अदालत धनुषामा ढुङ्गामुढा भएकाे छ । गएकाे जेठ ७ गते ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने आरती साहका माइती पक्षले अदालत परिसरमा ढुङ्गामुढा गर्दा प्रहरीसँग झडप भएको हाे। झडपमा चार जना घाइते भएका छन् ।
थापाचोकका मोतीबाबु साहकी श्रीमती २२ वर्षीया आरतीको जेठ ७ गते ज्यान गएकाे थियाे । आरतीका माइती पक्षले दाइजाेका कारण उनकाे हत्या भएकाे भन्दै विराेध गरेका हुन्। अनुसन्धान फितलो भएको भन्दै आरतीकाे माइती पक्ष लगायतले केही दिनदेखि न्यायको माग गर्दै जनकपुरधाम र काठमाण्डौमा प्रदर्शन गर्दै आइरहेका छन् ।
उनीहरुले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन् । धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले पीडित परिवारलाई नै कुटपिट गरेको भन्दै तत्काल कारबाही गर्नुपर्ने उनीहरुकाे माग छ ।
साथै, उनीहरुले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच गर्नुपर्ने लगायत ६ वटा माग राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।