काठमाण्डौ महानगरले ३९ वटा विद्यालयलाई १ लाख रुपैयाँका दरले जरिबाना तोक्यो

 असार ५, २०८० मंगलबार १९:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा विद्यालयलाई काठमाण्डौ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ ।

काठमाण्डाै महानगर क्षेत्रभित्र भएका ५ सय ४ निजी विद्यालयमध्ये ४ सय ६५  वटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ वटाले नबुझाएका महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र शाहले बताउनुभयो ।

जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उहाँले बताउनुभयो ।  महानगरको इतिहासमा यो पहिलो पटक हो ।  त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Prem Krishna Aryal

    June 21, 2023, 8:44 a.m.

    अत्युत्तम कार्य, यो कदमको म मनै देखी समर्थन गर्छु। धेरै निजी विद्यालय राजनीतिक पार्टीका नेता कार्य कर्ता द्वारा चलाकाछन, उनीहरूले नै सरकारी विद्यालय बन्द गराउने र पठनपाठनमा अवरोध पुर्याउने कार्य गरेका छन। अब चार कामको शूरूवात गर्ने । 1, आफू बसेको ठाउँबाट 1 किमी परको विद्यालयमा भर्ना गर्न बन्देज गर्ने। 2, बस राखेर वा सार्वजनिक वसमा टाढा टाढाबाट विद्यार्थी ओसारपसार बन्द गर्ने। 3, हरेक विद्यालयको Catchment Area तोकने र त्यही यरीयाको मात्र विद्यार्थीलाई भर्ना गर्ने निति बनाउने

  •  0 Reply
  • Nirmal sharma

    June 21, 2023, 8:02 a.m.

    Rediant readers school sanepa ma stationary ko name ma mahango paisa line gareko chha fee badako chha bachha ko khaja bada ko chha book pani thape ko thape chha anugaman garnu paryo garaunu paryo anurodha chha

  •  1 Reply

तपाईको प्रतिक्रिया