सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदैछ ।
चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज अहिले साढे ९ बजे पोखरा विमानस्थलमा आइपुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी दिनुभयो ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना यात्रु रहेका छन् ।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आउँदो शुक्रवार र शनिवार पोखराको फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।
जहाज आजै पोखराबाट काठमाण्डौ अवतरण भइ नियमित उडान मार्फत छेन्दु फर्कनेछ । गएको पुस १७ गतेदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म आन्तरिक उडान मात्रै भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कवि रोका
June 21, 2023, 8:12 p.m.पोखरा मा पनि उडान हुदा मलाई पुर्ण गर्भ लागेको छ अब को दिन म पनि त्यहाँ बात उडान गर्न पाउने छु पुर्ण गर्भ छ्🤗