सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो रहेको बताउनुभएको छ ।
बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो बताउनुभएको हो । उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सगरमाथा विश्व शिखरमात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो । योभन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।’
मन्त्री किरातीले चिनियाँ नेपाल आउँदा भान्जाभान्जी आएकोजस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै विस्तार र सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।