९ जना पूर्वउपकुलपतिको ठहर, शैक्षिक संस्थाको आपराधिक कामलाई सरकारले नै प्रोत्साहन गर्‍याे

 असार ६, २०८० बुधबार १७:४७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका नौ जना पूर्वउपकुलपतिहरूले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेहरूको मुद्दा सरकारले फिर्ता लिएकोमा आपत्ति जनाएका छन् ।

आज बुधवार एक विज्ञप्ति निकालेर पूर्वउपकुलपतिहरूले उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरमै कुटपिट गर्नेहरूलाई संरक्षण गरेको र ज्यान मार्ने कसुरको मुद्दा फिर्ता लिएको भन्दै सरकारको भर्त्सना गरेका छन् । सरकारको यो कदम निन्दनीय भएको उनीहरूको ठहर छ ।

शैक्षिक संस्थामा हुने अनुशासनहीनता, अमर्यादित एवम् आपराधिक कामहरूलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को निन्दनीय निर्णयबाट सरकार स्वयम् अपराधको पक्षपाती भएको देखिएको पूर्वउपकुलपतिहरूको भनाइ छ । मुद्दा फिर्ता लिने सङ्घीय सरकारको निर्णय तुरुन्त फिर्ता लिन माग गर्दै पूर्वउपकुलपतिहरूले प्रेम चलाउनेको अनशनप्रति ऐक्यबद्धता पनि जनाएका छन् ।

विज्ञप्तिमा पूर्वउपुकुलपतिहरू अर्जुन कार्की, त्रिरत्न मानन्धर, तोरणबहादुर कार्की, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, खगेन्द्र भट्टराई, नवीनप्रकाशजंग शाह, हिराबहादुर महर्जन र केदारभक्त माथेले हस्ताक्षर गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया