पाेखरामा आजदेखि 'ड्रागन बोट रेस फेस्टिबल' सुरु

 असार ८, २०८० शुक्रबार ९:२०:३२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखराको फेवातालमा आज शुक्रवारदेखि 'नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल' सुरु हुँदैछ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेकाे प्रतियोगितामा चिनियाँ चार र नेपाली चार गरी आठ टाेलीकाे सहभागिता रहनेछ ।

प्रतियाेगितामा पाँच सय र दुई सय मिटरको दुरीमा डुङ्गा दौड हुनेछ । पाँच सय मिटरतर्फ विजेताले पाँच लाख, उपविजेताले तीन लाख र तेस्राे हुनेले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दुई सय मिटरतर्फ विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्राे हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म दौड प्रतियोगिता सञ्चालन हुनेछ ।

दुई दिने प्रतियाेगितामा नेपाली र चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहनेछ । 'नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल' मा सहभागी हुन ६० जना खेलाडीसहितको झन्डै दुई सय चिनियाँ टोली विमान चार्टर्ड गरेर पोखरा आइसकेका छन् । फेस्टिबलका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसाेसियशन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन् । यो महोत्सव पोखरेलीका लागि ऐतिहासिक भएकाले यसको अवलोकनका लागि आयोजकले सबै पोखरेलीलाई आह्वान गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया