पोखराको नीति तथा कार्यक्रम : लेकसाइड चौबीसै घण्टा खुला गर्नेदेखि मुर्रा राँगो ल्याउनेसम्म

 असार १०, २०८० आइतबार १९:४६:३० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकालेको नीति तथा कार्यक्रममा मुर्रा राँगो ल्याउनेदेखि फेवातालको मापदण्डमा परेको संरचना हटाउनेसम्म परेका छन् । 

आइतवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले भारतले नेपाललाई दिने १५ वटा मुर्रा राँगाेमध्ये पाँच वटा राँगाे पाेखरामा ल्याउन पहल गर्ने बताउनुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा भारतले १५ वटा मुर्रा राँगाे दिने बताएकाे थियाे । 

त्यसैगरी सर्वोच्च अदालतले दिएको आदेश बमोजिम फेवातालको ६५ मिटर क्षेत्रभित्र बनेका संरचना हटाउने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै पोखराको लेकसाइड पर्यटकका लागि चौबीसै घण्टा खुला गरिने पनि उल्लेख छ । 

पोखरा महानगरपालिकामा आउँदो चार वर्षभित्र जापान सहयोग नियोग (जाइका) को सहयोगमा ढल निकास तथा फोहर पानी प्रशोधन केन्द्र स्थापना गरिने र याे परियोजनामा ११ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरेकाे मेयर आचार्यले बताउनुभयाे ।

यस्तै 'ग्रीन सिटी क्लिन सिटी' अवधारणा पूरा गर्ने कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको सहकार्यमा छ अर्ब रुपैयाँ लागतको हरित यातायात प्रणाली विकास कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया