पाँच वर्ष याे गठबन्धन केही हुने छैन : प्रधानमन्त्री प्रचण्ड

 असार ११, २०८० सोमबार १५:५३:४६ | रासस
unn.prixa.net

धादिङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने जिकिर गर्नुभएकाे छ । धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज सोमवार उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने दाबी गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने–नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुने छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’

१८ औँ शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ भन्ने नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृत्ति हावी भएको उहाँले बताउनुभयो । आफूले देश र नागरिकका पक्षमा राम्रो गर्दै जाने बताउँदै नागरिकका पक्षमा गरेका कामको नागरिकले नै फैसला गर्ने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया