सरकार ढल्नुपर्ने कारण केही छैन : मन्त्री शर्मा

 असार १२, २०८० मंगलबार १९:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाहमात्रै भएको बताउनुभएको छ ।

मङ्गलवार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै अफवाहमात्रै फैलाएकाे बताउनुभयो । उहाँले वर्तमान सरकार देशमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी पनि गर्नुभयाे ।

 उहाँले भन्नुभयो, ‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन । सरकार राम्रोसँग चलिरहेको छ । सरकारले सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ । यस्तो बेलामा हल्ला चलेको छ भन्नु अफवाह हो ।’

मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । उहाँले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउनेभन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताउनुभयो । यस प्रकरणमा अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाहीको दायरामा सरकारले ल्याउने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया