सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै : अर्थमन्त्री महत

 असार १६, २०८० शनिबार १२:३२:११ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताउनुभएकाे छ । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताउनुभएकाे हाे । 

उहाँले संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताउनुभयाे । गठबन्धन फेर्ने भन्ने कुरा सबै अफवाह र भ्रम भएकाे भन्दै सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडि बढेको उहाँकाे भनाइ छ।

मन्त्री महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताउनुभयाे । अहिले वैदेशिक मुद्राको सञ्चिति धेरै भएको, पर्यटन फस्टाउन थालेको भन्दै नयाँ बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयाे । तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयाे । यस्तै आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया