वन रक्षकको परीक्षा दिने ३ जना नक्कली परीक्षार्थी पक्राउ

 असार २३, २०८० शनिबार ८:४४:२७ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु जाँच गर्ने क्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा हिजाे शुक्रबार परीक्षा भएकाे हाे ।

पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना छन् । उनी नाबालक भएकोले प्रहरीले परिचय खुलाएको छैन । 

उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए । उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया