पृथ्वीचोक–कोत्रे सडक : मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु

 असार २५, २०८० सोमबार २०:२३:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पाेखरा महानगरपालिकाले पोखरा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पोखराकाे पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको सडककाे दायाँ बायाँ मापदण्ड मिचेर बनाइएका  संरचना हटाउने काम थालेको छ । महानगरले पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुरसम्मको क्षेत्र खाली गराउने काम थालेको हो ।  

मापदण्डभित्र रहेका संरचना हटाइएको छ भने लामो समयदेखि 'डम्प' गरेर राखिएका पुराना गाडी तथा ग्यारेजसमेत विस्थापित गरिएको छ । आफ्नाे आग्रहलाई हटेर गरेपछि महानगरले केही गाडी नियन्त्रणमा लिएकाे छ।

यो राजमार्ग एसियाली विकास बैंक (एडीबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । सडकको बीच भागबाट २३/२३ मिटर दायाँ–बायाँका संरचनामा डोजर लगाएको महानगरका मेयर धनराज आचार्यले बताउनुभयाे ।

महानगरले पटक–पटक सडकको 'राइट अफ वे' खाली गर्न सूचना दिएको थियो । सडक मापदण्डभित्र पर्ने स्थायी संरचना भने मुआब्जा वितरणपछि भत्काउन थालिनेछ । आयोजनाअन्तर्गत पोखरा महानगरभित्र एक सय ७० वटा घर भत्काउनुपर्नेछ । जसमा अहिलेसम्म एक सय १२ वटा घर एवम् भौतिक संरचनाको मुआब्जा वितरण सकिएको छ ।

सेती नदीमा अहिले भएको पुलभन्दा माथि र तल दुई/दुई लेनको दुई वटा पुल बनाउन एक अर्ब सात करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्शनले ठेक्का पाएको छ । सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चार वटा ठूला र १२ वटा साना पुल बन्नेछन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया