लम्पी स्किनले रोपाइँ प्रभावित भएपछि सोलुखुम्बुको नेचासल्यानमा हाते ट्र्याक्टर वितरण

 असार २६, २०८० मंगलबार ८:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले किसान तथा कृषि समूहलाई अनुदानमा हाते ट्र्याक्टर (मिनिटिलर) वितरण गरेको छ ।

लम्पी स्किन रोगले रोपाइँको काम नै प्रभावित भएपछि किसानलाई हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाको कृषि शाखाले किसान तथा समूहलाई ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्र्याक्टर वितरण गरेको कृषि शाखाका प्रमुख सविता बास्तोलाले जानकारी दिनुभयो ।

६८ हजार रुपैयाँ मूल्य बराबरको हाते ट्र्याक्टरमा गाउँपालिका र किसानको समान ३४ हजार रुपैयाँ लागत साझेदारी छ । लम्पी स्किनका कारण मुख्य धानबाली हुने क्षेत्र नेचासल्यानमा अझै रोपाइँ हुन सकेको छैन । रोगको सङ्क्रमणका कारण गोरु थला परेपछि अहिले रोपाइँ प्रभावित भएको र ट्र्याक्टरबाट रोपाइँ सहज हुने गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो ।

गाउँभरका गोरु सङ्क्रमित भएका र केही मरेको स्थानीय राजिव शर्माले बताउनुभयो । लम्पी स्किन रोगका कारण सोलुखुम्बुमा अहिलेसम्म २६ वटा गाईगोरु मरेका तथ्याङ्क छ । एक हजारभन्दा धेरै सङ्क्रमित छन् । यो रोग सोलुखुम्बुसहित देशका ७६ जिल्लामा फैलिएको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया