उत्तर कोरियामा एक जना अमेरिकी सैनिक पक्राउ, बिना अनुमति उत्तर कोरिया प्रवेश गरेको भनाइ

 साउन ३, २०८० बुधबार १२:५:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेका छन् ।

दुई देशबीचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई पक्राउ गरेको उत्तर कोरियाले जनाएको छ ।

अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनै पनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिइरहेको अवस्थामा ती सैनिक उत्तर कोरिया प्रवेश गरेका जनाइएकोे छ ।

अमेरिकी सेनाका अनुसार ती सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् । बीबीसीका अनुसार ती सैनिक संयुक्त राष्ट्रद्वारा आयोजित दुई देशलाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणमा थिए ।

एक वरिष्ठ अमेरिकी कमान्डरले ती सैनिकसँग अहिले कुनै सम्पर्क नभएको जानकारी दिएका छन् ।

ती सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुई वटा शङ्कास्पद बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया