नक्कली सरकारी कार्यालय खोलेर उपसचिवसम्मका पद, १५ लाख रुपैयाँभन्दा धेरै ठगी

 साउन ८, २०८० सोमबार १६:४२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डौले अनौठो तरिकाले ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । नक्कली सरकारी कार्यालय खोलेर, नक्कली कर्मचारी बनेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

कृषि मन्त्रालयअन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्चीका घनश्याम कटुवाल र मकवानपुरको बाग्मती गाउँपालिकाका लीला भोलोनलाई पक्राउ गरेको हो । उनीहरूले काठमाण्डौको नारायणस्थानमा दुई तले पक्की घर भाडामा लिएर नक्कली सरकारी कार्यालय खोली नक्कली शाखा अधिकृतदेखि उपसचिवसम्मको 'नेमप्लेट' राखेका थिए । 'नेमप्लेट' मा घनश्यामले उपसचिव जयराम केसी लेखेका थिए । उनीहरूले १५ लाख रुपैयाँभन्दा धेरै ठगी गरेका प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरूले फर्निचर खरिदका लागि टेन्डर आह्वान गरेर एकपटक उधारोमा सामान लिइसकेको अनुसन्धानबाट थाहा भएको छ । कार्यालयमा ‘कर्मचारी भर्ना’ को आवरणमा पनि उनीहरूले ठगेको भेटिएको छ । यसै घटनामा बाँकी दुई जना भने फरार रहेका छन् ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया