ग्लाेबल आईएमईले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्यायाे
मंसिर २४, २०८० आइतबार
ताप्लेजुङ – मेची राजमार्गअन्तर्गत ताप्लेजुङकाे फुङलिङ–काबेली खण्डकाे खाेक्से क्षेत्रमा गए राति गएको पहिरोका कारण सडक बन्द भएको छ ।
गए राति झरेको पहिरो पन्छाउन शुक्रवारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयाे । पहिरोमा ठूल्ठूला ढुङ्गा आएकोले एक्स्काभेटर नै झिकाउनुपर्ने अवस्था आएकाे उहाँले बताउनुभयाे । सडक डिभिजन कार्यालय इलामबाट एक्स्काभेटर झिकाउनुपर्ने भएकाले सडक खुल्न ढिला हुने भएकाे हाे ।
अहिले बाटो बन्द भएपछि झापाको बिर्तामोड, इलाम, पाँचथर जिल्लाका साथै विभिन्न क्षेत्रबाट आएका बस, जीप र ट्रक बीच बाटाेमै राेकिएका छन् । गाडी बीच बाटाेमै राेकिँदा बिहानैदेखि हिँडेका यात्रुकाे बिजाेग भएकाे छ ।