सरकारले केही गर्न खाेजेजस्ताे देखियाे तर संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन : रवि लामिछाने

 साउन १३, २०८० शनिबार १५:८:७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उहाँले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गर्नु भएकाे हाे ।  

सभापति लामिछानेले भन्नुभयो, 'भ्रष्टाचारका विषयमा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ती पर्याप्त छैनन् ।' सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उहाँले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताउनुभयो । 

सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।

यस्तै, पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको दाबी गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताउनुभयो । 'गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ', उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया