प्रचण्डकाे दाबी– ‘नागरिकमा सरकारप्रति आशा बढेकाे छ’

 साउन १७, २०८० बुधबार १४:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही बेरअघि शुरु भएको छ । काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको बैठकको अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।

बैठक उद्घाटनमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएपछि नागरिकमा सरकारप्रति आशा बढेको दाबी गर्नुभयो । उहाँले देशको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट नागरिकमा आशा जगाउने काम गरेको बताउनुभयो । पार्टीको बैठकले नागरिकमा सरकारप्रति पलाएको आशा र भरोसालाई केन्द्रमा राखेर आउँदो रणनीति र कार्यदिशा तय गर्नुपर्ने उहाँकाे भनाइ छ ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रतिवेदन पेस गर्नुभएपछि केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने क्रम शुरु हुनेछ । बैठकमा तीन सय ८७ जना केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, आयोग तथा विभाग प्रमुखहरू गरी सात सय ५८ जना सहभागी छन् ।

यसअघि आजै बिहान बसेको स्थायी कमिटी बैठकले तीन सय ८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर चार सय सात सदस्यीय बनाउने निर्णय पनि गरेको छ । यस्तै स्थायी कमिटी बैठकले आउँदो मङ्सिरमा विधान अधिवेशन र त्यसको एक वर्षपछि विशेष सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया