चीनलाई संवेदनशील सैन्य सूचना दिएकाे आरोपमा अमेरिकी जलसेनाका २ जना पक्राउ

 साउन १९, २०८० शुक्रबार १३:१०:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनलाई संवेदनशील सैन्य सूचना दिएकाे आराेपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएकाे छ ।

पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय जिन्चाओ वेई र पेटी अफिसर २६ वर्षीय वेन्हेङ जाओ रहेका छन् । वेईमाथि एक चिनियाँ गुप्तचरलाई राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी पठाउने षड्यन्त्र गरेको र वेन्हेङमाथि संवेदनशील तस्बिरहरू र भिडिओका लागि पैसा लिएको आरोप लागेकाे छ ।

पक्राउ परेका दुवै जनालाई सम्पर्क गर्ने चिनियाँ गुप्तचर एकै व्यक्ति थिए वा भिन्दै थिए भन्ने चाहिँ खुलेको छैन । दुवै जनालाई बुधवार क्यालिफोर्नियामा पक्राउ गरिएको थियो । वेई सान डिएगोमा रहेकाे जलसेनाको आधार शिविरमा काम गर्न जाँदै गर्दा पक्राउ परेका हुन् ।

वेई अमेरिकी जहाज यूएसए एसेक्समा काम गर्थे र उनीसँग जहाजकाे बारेमा संवेदनशील जानकारीकाे पहुँच थियाे । सन् २०२२ को फेब्रुअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियामा रहेका बेलामा एक चिनियाँ जासुसले सम्पर्क गरेको र ती जासुसले वेईलाई तस्बिर, भिडिओ, प्राविधिक म्यानुअल र जहाजको 'ब्लुप्रिन्ट' का लागि हजारौँ डलर दिएको उल्लेख छ ।

याे गतिविधिबारे चीनले भने आफूलाई अहिलेसम्म कुनै पनि जानकारी रहेको कुरालाई अस्वीकार गरेको छ । वाशिङ्टनमा रहेकाे चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र मिडियाले चीनसँग जाेडिएकाे जासुसीबारे बढाइचढाइ गरेकाे बताएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया