गण्डकी सरकारका सय दिन : डायलासिस केन्द्र स्थापना, लम्पीस्किन राेकथामका लागि औषधि खरिद

 साउन २०, २०८० शनिबार १८:७:२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - गण्डकी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर सय दिनमा गरेको काम ४६ बुँदामा सार्वजनिक गर्नुभएको हो।

सय दिने उपलब्धिमा नीति तथा कार्यक्रम र बजेट पारितलाई पनि राखिएको छ । यस्तै, सङ्क्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापना, २२ वटा डायलासिस मेसिन खरिदलगायतका काम प्रदेश सरकारका मुख्य उपलब्धि रहेका छन् ।

पोखरामा मुख्यमन्त्रीहरुको भेला र राष्ट्रिय समन्वय परिषद्को बैठक सम्पन्न गरेको पनि प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले पशुहरुमा लाग्ने लम्पी स्किन रोग रोकथामका लागि ३३ लाख रुपैयाँको औषधि खरिद गरी जिल्लाजिल्लामा पठाएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, खानेपानी, सार्वजनिक सेवा, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको बताउनुभयो । गण्डकी प्रदेशमा यसअघि एमालेका खगराज अधिकारी मुख्यमन्त्री बने पनि केन्द्रको सत्ता समीकण फेरिँदा सरकार ढलेपछि पाण्डे मुख्यमन्त्री बन्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया