भागबन्डा मिलाउन बाग्मतीमा मन्त्रालयको सङ्ख्या थपियो, विनाविभागीय मन्त्रीलाई उद्योग मन्त्रालय

 साउन २१, २०८० आइतबार १६:३६:५९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशमा सत्ता गठबन्धनको भागबन्डा मिलाउन सरकारले मन्त्रालयको सङ्ख्या थपेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनले लामो समयदेखि विनाविगागीय मन्त्रीका रूपमा काम गर्दै आएका नेपाली कांग्रेसका रामकृष्ण चित्रकारलाई मन्त्रालय फुटाएर उद्योग मन्त्रालयको जिम्मेवारी दिएको हो ।

मन्त्री नियुक्त भएको ७७ दिनपछि उहाँले जिम्मेवारी प्राप्त गर्नुभएको हो । माओवादीले सम्हालेको मन्त्रालय फुटाउने कि कांग्रेसले सम्हालेको मन्त्रालय फुटाउने भन्ने विवाद नमिलेका कारण ७७ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्री चित्रकारले बल्ल आज आइतवार मन्त्रालय प्राप्त गर्नुभयो ।

माओवादी मन्त्रीहरूले आफ्ना मन्त्रालय फुटाउन नदिने भएपछि कांग्रेसले नै सम्हालेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाइएको हो । बाग्मती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको हो । सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालय नफुटाउने प्रतिबद्धता जनाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नै वाचा अहिले तोड्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया