पाेखरामा सुनसहित एक महिला पक्राउ

 साउन २५, २०८० बिहिबार १२:२६:२१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पाेखरामा २ सय ८० ग्राम २९ मिलीग्राम सुनसहित एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले झापाकाे बिर्तामाेड घर भइ काठमाण्डाैकाे जाेरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पाेखरा बसपार्कबाट पक्राउ गरेकाे हाे । 

काठमाण्डाैबाट ग १ ख ९९४४ नम्बरको बसमा  पाेखरा आएकी उनलाई प्रहरीले विशेष सूचनाकाे आधारमा पक्राउ गरेकाे डीएसपी वेदप्रकाश जोशीले बताउनु भयाे । 

गुरुङकाे साथबाट सुनको बिस्कुट र औँठी बरामद गरिएकाे उहाँले बताउनु भयाे । उनीमाथि थप अनुसन्धान भइरहेकाे जाेशीकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया