सरकार ढाल्ने, फेर्ने विषयमा छलफल भएकाे छैन : कांग्रेस प्रमुख सचेतक

 साउन २८, २०८० आइतबार १८:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनकाे विषयमा छलफल नभएको बताएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताउनुभएको हो । आज आइतवार दलको बैठकपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा सरकार बदल्ने, सरकार ढाल्ने, सरकार फेर्ने र अर्को सरकार बनाउने कुरा भएको छैन ।’

प्रमुख सचेतक लेखले संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राख्ने सुझावलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने बताउनुभयो । गएकाे शुक्रवार र आज बसेको बैठकमा ५० जना सांसदले धारणा राखेका छन् । बैठक भाेलि सम्पन्न हुनेछ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया