पुरानै गतिमा काम गरेर पुग्दैन भन्ने सरकारको निष्कर्ष हो : गृहमन्त्री श्रेष्ठ

 साउन २९, २०८० सोमबार १८:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताउनुभएको छ ।

आज सोमवार मन्त्रालयकाे आर्थिक वर्ष २०७९/८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्ने विषय पूर्वसर्तकाे रूपमा लिएर भ्रष्टाचार, दण्डहीनता, ठगी, अपराधविरुद्धकाे अभियान अघि बढाइरहेकाे बताउनुभयाे । उहाँले पुरानै गतिमा काम गरेर नपुग्ने सरकारकाे निष्कर्ष रहेकाे बताउनुभयाे । अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भए पनि पर्याप्त नभएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पुरानै गतिमा काम गरेर पुग्दैन भन्ने सरकारको निष्कर्ष हो । अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही भएका छन् तर त्यो प्रर्याप्त भएन । यसलाई क्रमभङ्ग गर्नुछ र गुणात्मक फड्को मार्ने गरी अगाडि बढ्नुपर्छ भनेर सरकारले काम गरिरहेको छ । सरकारले सुशासन कायम गर्ने विषय पूर्वसर्तकाे रूपमा लिएको छ । सुशासनको अभियानमा भ्रष्टाचार, दण्डहीनता, ठगी, अपराधविरुद्धका अभियानलाई विश्राम नलिइकन अगाडि बढाउने पक्षमा छौँ । कोही पनि निर्दोष नफसून् र सबैले स्वतन्त्रतापूर्वक बाँच्ने वातावरण बनाउन सकियोस् । अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरूलाई कानुनको दायरामा ल्याउने गरी काम अगाडि बढाएका छौँ ।’

गृहमन्त्री श्रेष्ठले सरकार देशको विकास, समृद्धि र प्रविधिको यात्रालाई गुणात्मक बनाएर राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्ने पक्षमा लागेको जिकिर गर्नुभयाे । उहाँले गृह मन्त्रालयको काम अझ व्यवस्थित, प्रभाकारी र परिणाममुखी बनाउन आत्मसमीक्षाको प्रक्रियामा रहेकाे बताउँदा त्यसलाई सुधारको अभियानका रूपमा अगाडि बढाएको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया