पोखराको ठूलाखेतमा पहिरोले घर र गोठ बगायाे

 साउन ३२, २०८० बिहिबार १०:१५:५४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्कीकाे पाेखरा महानगरपालिका-२३ ठूलाखेतमा गएराति पहिराेले घर र गाेठ बगाएकाे छ । पहिराेले विष्णुप्रसाद पाैडेलकाे घर र गाेठ बगाएकाे हाे । पहिराेले उहाँकाे घरमा रहेकाे भाँडाकुँडा, खाट दराजलगायत सामग्री बगाएकाे छ । 

यस्तै, पहिराेका कारण ठूलाखेतबाट घाँटीछिना जाने सडक अवरुद्ध भएकाे पोखरा महानगरपालिका वडा नम्बर २३ का वडासदस्य चेतनाथ क्षेत्रीले जानकारी दिनुभयाे । यस्तै, त्यही वडाकाे हर्पनका कर्णबहादुर भट्टराईकाे गाेठ पनि पहिराेले पुरेकाे क्षेत्रीले जानकारी दिनुभयाे । 

अहिले पहिराेले पुरिएकाे सामान निकाल्ने र अवरुद्ध सडक सञ्चालनकाे प्रयास भइरहेकाे उहाँले बताउनु भयाे । 

 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया