पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
विमान बङ्गलादेश एअरलाइन्सबाट आज शुक्रवार दिउँसाे काठमाण्डाै ओर्लिएका एक सय ४५ जना पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन् ।
आजै बेलुकी हिमालय एअरलाइन्सबाट थप बङ्गलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ । आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको 'ग्राउन्ड ह्यान्डलिङ' को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको याे टोली अहिलेसम्मकै ठूलो हो । बङ्गलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।