कोशी प्रदेशमा मुख्यमन्त्री चयनबारे सरकार– ‘बराबर भएपछि सभाध्यक्षले मत दिन पाइन्छ’

 भदौ ७, २०८० बिहीबार १८:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ ।

आज बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश सरकार निर्माणबारे मुद्दा अदालतमा रहेको भन्दै अदालतको आदेशपछि मात्रै बोल्न सकिने बताउनुभयो । मत बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न पाउने उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेशको कुरा अदालतमा मुद्दाकै रूपमा गइसकेको छ । त्यसलाई अदालतको आदेश नआउन्जेल बोल्ने कुरा भएन । बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न नपाउने भन्ने हुँदैन, मत हाल्न पाइन्छ । आदालतले नै बाँकी कुरा टुङ्ग्याउनेछ ।’

प्रवक्ता शर्माले सरकारले कुनै पनि अनियमिततामा आफ्नालाई बचाउने काम नगरेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘यो सरकारले आफ्नालाई बचाउने, आफ्नालाई नपार्ने भन्ने खालको प्रतिपक्षकाे आरोप व्यवहारतः खण्डित भइसकेको छ । सत्तापक्षकै केही नेताहरू यो केसमा परिसक्नुभएको छ । जति पनि उठेका प्रश्नकाे विषयमा सीआईबीले अनुसन्धान र छानबिन गरिरहेको छ । सरकारको दृढ विश्वास र प्रतिबद्धता भनेकाे निर्दोष फस्नु हुँदैन, दोषी बाँकी हुनुहुन्न भन्ने हो । बाहिर उठेका प्रश्नमा सरकारले व्यवहारबाट जवाफ दिनेछ ।’

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया