एमालेकाे ध्यान सत्तातिर छैन : ओली

 भदौ ८, २०८० शुक्रबार १८:४३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।

आज शुक्रवार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले देशको इज्जतका लागि, देशकाे अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने बताउनुभयाे । एमालेले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘सुन तस्करीलाई राेक्नैपर्छ । देशका लागि, देशको इज्जतका लागि, सबैभन्दा ठूलो कुरा अर्थतन्त्रका लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पुर्‍याउँछ । यदि यो कुरालाई तपाईँहरूले सरकारसँग जोडेको हो भने अहिले हाम्रो सरकारतिर ध्यान छैन ।’

ओलीले सत्तारूढ गठबन्धनका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘कोशी प्रदेश सरकार त बनेकै थियो । सत्तारूढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारणले याे अस्थिरता आएको न हो । नत्र नबनेको सरकार बनाएँ भन्ने, सभामुखले भोट हालेर असंवैधानिक क्रियाकलाप गर्ने/गराउने । सभामुखलाई राजीनामा गराएर सङ्कट खडा गराउने खालका काम सत्तापक्षले गरेर समस्या आएको न हो ।’

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया