यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

 भदौ १२, २०८० मंगलबार १६:३८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा बनेकाे सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको छ ।

आज मङ्गलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको हो । उहाँले सरकार सफल हुने पनि दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढङ्गले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया