२२ औँ आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख रुपैयाँ बचत

 भदौ १२, २०८० मंगलबार २०:३०:४८ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – सहारा क्लब पोखराले आयोजना गरेको २२ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपबाट तीन लाख रुपैयाँ बचत भएको छ । सहारा क्लबको आयोजनामा गएकाे पुस १४ देखि २३ गतेसम्म भएको गोल्ड कपबाट तीन लाख १८ हजार रुपैयाँ बचत भएको मङ्गलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गोल्ड कपमा ९४ लाख ६५ हजार छ सय २६ रुपैयाँ आन्दानी हुँदा ९१ लाख ४६ हजार नाै सय ६९ रुपैयाँ खर्च भएको प्रतियोगिताका अर्थ सङ्कलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिनुभयाे । प्रतियोगतामा प्रायोजनबाट ६४ लाख ५८ हजार, प्रवेश टिकटबाट १७ लाख ८६ हजार रुपैयाँ आम्दानी भएको गुरुङले बताउनुभयाे ।

बचत रकम सहारा क्लबले पोखराको दोविल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा खर्च गरिने अध्यक्ष गुरुङकाे भनाइ छ । कठिन परिस्थितिमा रहेका र अनाथ गरी ११ जना बालबालिकाकाे शिक्षा, लालनपालन क्लबले गर्दै आएको छ । 

गोल्ड कपको मुख्य प्रायोजक हिमश्री फुड्सले २२ लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो । सहारा क्लबका अध्यक्ष हरिराज गुरुङले आउँदा वर्षहरूमा प्रतियोगिताका लागि अझ स्तरीय टिम ल्याउने बताउनुभयाे । 

२२ औँ संस्करणकाे प्रतियाेगितामा १० टिम सहभागी भएकोमा सङ्कट क्लब विजेता भएको थियो भुटनिज क्लब उपविजेता बनेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया