अब चीन जाने पर्यटकले कोरोनाको परीक्षण गर्नु नपर्ने

 भदौ १३, २०८० बुधबार ८:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चीनले आजदेखि पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नभएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अब चीन भित्रिने पर्यटकका लागि कोभिड–१९ को परीक्षण अनिवार्य नरहेको बताउनुभएको छ । 

कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण हटेको उहाँले बताउनुभयो ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको सङक्रमण देखा परेको थियो ।

चीनबाट शुरु भएको कोरोना सङक्रमणपछि विश्वभर फैलिएको थियो । सङक्रमणबाट लाखौँ नागरिकले ज्यान गुमाएका थिए ।

कोभिड महामारी शुरु भएको तीन वर्षसम्म चीन बाह्य विश्वका लागि बन्द रह्यो । अहिले पनि सङक्रमण पूर्णरुपमा अन्त्य भएको छैन ।

कोरोना खोप अभियानपछि विश्वभर नै अवस्था सामान्य हुँदै गए पनि चीनले अहिलेसम्म देश भित्रिने पर्यटकका लागि परीक्षणको प्रावधान कायमै राखेको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया