‘कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँ’
असोज ११, २०८० बिहिबार
काठमाण्डाै - वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ सम्पन्न भएको छ । हिजो दिउँसोदेखि बेलुकासम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयाेजित नारायण रायमाझी साङ्गीतिक साँझ–२०८० सम्पन्न भएको हो ।
दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको साङ्गीतिक साँझमा रायमाझीले नयाँ पुराना गरी दर्जनौँ गित गाउनुभएको छ । रायमाझी प्रतिष्ठानका सल्लाहकार हुनुहुन्छ । साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहेको प्रतिष्ठानले जनाएको छ ।
रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा शुरु गर्नु भएको हो । पाल्पाको माथागढी गाउँपालिका–४ मा जन्मिएका रायमाझीका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, नमुछे आमा दहीमा टीकालगायत गीत लोकप्रिय छन् ।