ग्रेटवाल' मा क्षति पुर्‍याउने २ जना पक्राउ

 भदौ १९, २०८० मंगलबार १९:३३:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको आराेपमा दुई जना पक्राउ परेका छन् । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएकाे आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएकाे छ ।

राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) लाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन् । सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान जारी राखेका छन् ।

३२ औँ ग्रेटवाल खण्डका कारण पर्खालपारि जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (शर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् । यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन् । 

३२ औँ ग्रेटवाल खण्ड मिङ काल (१३६८–१६४४) बाट बाँकी रहेका केही पूर्ण पर्खाल र वाच टावरहरू मध्ये एक हो । यसलाई प्रान्तीय सांस्कृतिक अवशेष स्मारकका रूपमा सूचीकृत गरिएको छ । सन् १९८७ मा चीनको यो विशाल पर्खाललाई संयुक्त राष्ट्र सङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदास्थलका रूपमा घोषणा गरेको हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हरिबहादुर खड्का क्षेत्री

    Sept. 5, 2023, 7:52 p.m.

    म केही बर्ष पहिला बेजिङ्गको नजिकको स्थानबाट ग्रेटवालको भ्रमण गरेको थिएँ । मानिसले बनाउन नसक्ने एक अदभुत निर्माण लाग्यो मलाई । म नेपाली भएकोले महंगो लाग्यो । तर अरुको लागि होइन । यो साँच्चै अद्वीतिय छ । म चीनिया सरकर जनता प्रति अनुग्रहित छु । किन भने ति हामीहरुको साथिलाई नेपाल देश थाहा रहेनछ । कस्तो उद्देक लाग्दो घटना । यो २०१९को अगष्तको कुरा हो । म मेरो क्यान्सबाट पिडित पत्नी डा. बिहानी थापाले महामहिम सि जिङ्ग पिङ्गको कामको प्रसंसा गरियो । क. माओको कफिनको नाम आएन तर हामी देखियो । हामी आभारी भयौ चिनीया सरकार र ति जनताको सहयोग लागि । हामी मानसिक र बौद्वक रुपमा गरिब होइनौं । जुन कुरा चिनिया क. हरुले हामीलाई शन्देश दिनु भयो । यो पटक हामी चिनको बिभिन्न भाग, मंगोलिया, भियतनामको भ्रमण गर्ने इच्छा छ । जय महाब चीन! जय एशीया ! जय नेपाली जनता !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया