नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ

 भदौ २५, २०८० सोमबार १०:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 प्रहरीका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा यो रकम भेटिएको हो  । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 सापकोटाका साथमा रहेका त्यही कार्यालयमा कार्यरत दिपक पौडेल भने फरार रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

रकम लिएर सापकोटा श्री एअरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाण्डाै जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको डाँगीले बताउनु भयाे ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया