नेकपा एसले ‘समाजवादी जागरण अभियान’ गर्ने
असोज ११, २०८० बिहिबार
काठमाण्डाै - आज कुशे औँसी । बुबाको मुख हेर्ने दिन मनाइँदै छ ।
आज बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।
आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लागेकाे छ । रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लागेकाे छ ।
यस्तै, चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट वेणीमा पनि पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजनकाे घुइँचाे लागेकाे छ ।
भाद्रकृष्ण औँशीका दिन आज गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बाग्मती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भिड ।
देवघाट बेणीमा पितृको नाममा तर्पण तथा दान गर्दै भक्तजन ।
सबै तस्बिर : रासस