अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

 भदौ ३०, २०८० शनिबार १५:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभएको हो ।

उहाँले संसदमा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षा सम्बन्धी समावेशी कार्यक्रम राखिएको बताउनु भयो । उहाँले अटिजम भएकाहरुलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याउनु भयो । अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको बताउनु भयो ।

अपाङ्गता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । सचिव अधिकारीले फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतिका विषयहरु १६ औँ योजनामा समेटिने बताउनु भयो ।  

सचिव अधिकारीले भन्नुभयो, ‘अटिजम डिसअर्डर सोसाइटीको ठूलो समस्याका रुपमा रहिआएको छ । र, यो निकै पीडादायक पनि छ । यो क्षेत्रमा मलाई पनि नीतिगत, कानुनी, व्यवहार, शिक्षण पद्धतिको सुधारको माध्यमबाट केही गर्नुपर्छ भन्ने लागिरहेको छ । अटिजम भएका विद्यार्थी भाइबहिनी, युवाहरुलाई हामीले अरु जस्तै गरेर अध्ययन अध्यापनको शैली अवलम्बन गरियो भने त्यसले उपलब्धि हुँदैन भन्ने बुझिन्छ । उहाँहरु (अटिजम भएका) सँग विशेष किसिमको सीप र दक्षता छ । उहाँहरु केही गर्न सक्नुहुन्छ । तर, उपयुक्त वातावरण हामीले सृजना गर्नुपर्छ । विशेष किसिमको वातावरण भएमा मात्रै उनीहरुको क्षमता र दक्षताको विकास गरी त्यसलाई हामीले उपयोग गर्नसक्छौँ । हाम्रो पोलिसी इन्क्लुसिभ छ भनेर मात्रै पुग्दैन ।’

सचिव अधिकारीले अटिजम भएकाहरुको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सृजना गर्ने बताउनु भयो । बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता नै अटिजम हो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया