दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

 असोज ११, २०८० बिहिबार १४:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाेलखा – दोलखाको सिङ्गटीमा चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् । अवैध तरिकाबाट ल्याएको चार किलो सुनसहित गए राति तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । उनीहरूले भरियाको रूपमा काम गरेको प्रारम्भिक बयानमा बताएका छन् ।

बिगु गाउँपालिका–१ लामाबगर तर्फको नाका चीन सरकारले गएको हप्ता मात्रै खुलाएको थियो । चीनतर्फका नाकाबाट सुन तस्करी हुने क्रम बढिरहेको छ । अघिल्लो महिना पनि केरुङ नाकाबाट तस्करी गरेर ल्याएको दुई किलो सुन रसुवाबाट बरामद भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ११, २०८०

तपाईको प्रतिक्रिया