बझाङमा भूकम्प गएकाे गयै

 असोज १६, २०८० मंगलबार १७:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि मानिसहरू घरबाहिर निस्किएर खुला चाैरमा बसेका छन् । 

भूकम्पका कारण घाइते हुनेकाे सङ्ख्या ११ जना पुगेकाे छ । उनीहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया