वरिष्ठ गायिका दिलमाया खातीको निधन

 असोज १७, २०८० बुधबार ७:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उहाँको जन्म भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँकाे हिजाे राति निधन भएकाे हाे । 

दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभयो ।

अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उहाँले गीत गाउनु भएको छ ।

नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो । नारायण गोपालको आग्रहमा उहाँले बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा बोलको गीत गाउनुभयो ।

जुन अहिले पनि निकै लोकप्रिय छ । उहाँले एक सय ५० भन्दा धेरै नेपाली गीत गाउनु भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया