गुल्मीको रिडी–वामीटक्सार र रिडी–अर्घाखाँची सडक खण्ड पहिराेका कारण अवरुद्ध

 असोज १७, २०८० बुधबार ९:१२:५७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - निरन्तरकाे वर्षाका कारण पहिराे खसेपछि गुल्मीको रिडी–वामीटक्सार र रिडी–अर्घाखाँची सडक खण्ड अवरुद्ध भएकाे छ। सत्यवती गाउँपालिका-५ बाँदरेभिरमा पहिराे खसेपछि रिडी–वामीटक्सार सडक गएरातिदेखि अवरुद्ध भएकाे हाे । 

यस्तै, रुरुक्षेत्र गाउँपालिका-१ साखरमा गएकाे पहिराेका कारण रिडी–अर्घाखाँची सडक हिजाे दिउँसाेदेखि बन्द छ । यी सडक खण्ड अवरुद्ध भएपछि गाडीबीच बाटाेमै राेकिएका छन् । 

रिडी–वामीटक्सार सडककाे पहिराे बिहानैदेखि पन्छाउने काम भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै, रिडी–अर्घाखाँची सडक खण्डमा पनि पहिरो पन्छाउने काम भइरहेको तर ठूला ढुङ्गा खसेका कारण सडक सञ्चालनमा ल्याउन समस्या भइरहेकाे बताइएकाे छ । 

गएकाे तीन दिनदेखिकाे लगातारकाे वर्षाका कारण गुल्मीकाे तम्घास आउने ग्रामीण सडकहरु पनि बीचबीचमा अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो जान सक्ने क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन र सुरक्षित ठाउँमा बसाेबास गर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया